३१ असार २०८३, बुधबार | July 15, 2026

मुग्लिन-नारायणगढ सडक खण्डमा पन्ध्र नयाँ पुल निर्माण सुरु



चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा १५ वटा नयाँ पुल निर्माणको काम शुरू भएको छ ।

यो सडक खण्ड दुई वर्षअघि मात्र चौडा पारिएको थियो । सडक फराकिलो हुने तर पुल भने पुरानै साँघुरो अवस्थामा हुँदा सवारीसाधनको जाम नहटेपछि दुईवटा प्याकेजमा १५ वटा पुल निर्माण कार्य शुरू भएको हो ।

पहिलो प्याकेजमा मुग्लिनदेखि सिमलतालसम्म सातवटा र दोस्रो प्याकेजमा सिमलतालदेखि जुगेडीसम्म आठवटा पुल निर्माण शुरू भएको मुग्लिन-नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी सविना रानाभाटले जानकारी दिए । दोस्रो प्याकेजका आठवटै पुलको डिजाइन स्वीकृत भइसकेको छ । आठवटामध्ये छवटा पुलको निर्माण काम शुरू भइसकेको उनले बताए । ‘‘पहिलो प्याकेजका धेरै पुलको डिजाइन स्वीकृत हुन बाँकी छ’, उनले भने , ‘यी पुलहरू ठेक्का परिसकेपछि ठेकेदार आफैँले डिजाइन गर्छ, विभागबाट स्वीकृत भएपछि मात्रै ठेकेदारले काम शुरू गर्छ ।’

पहिलो प्याकेजअन्तर्गतका पुलहरूको डिजाइन स्वीकृत हुने क्रममा रहेको उनले बताए । पहिलो प्याकेजका पुल निर्माण गर्न करिब ६८ करोड रुपियाँ र दोस्रो प्याकेजका पुल निर्माण गर्न ५९ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । दुईवटै प्याकेजका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सन कम्पनीले पाएको छ । पुल निर्माण गर्न ठेकेदार कम्पनीसँग २०७६ चैत १० गते सम्झौता भएको हो ।

‘सम्झौता भइसकेपछि लकडाउन शुरू भयो’, उनले भने , ‘२०७७ असारसम्म त कम्पनीले सर्भे गर्न पनि पाएनन् । अहिलेचाहिँ काम धमाधम भएको छ ।’ नारायणगढ-मुग्लिन सडकमा पुराना पुलको चौडाइ छदेखि सात मिटरमात्रै रहेको छ । अब बन्ने पुलको चौडाइ नौदेखि ११ मिटरसम्म हुने रानाभाटले जानकारी दिए । ‘दोस्रो प्याकेजका लगभग सबै पुलको चौडाइ ११ मिटर हुन्छ ।

पहिलो प्याकेजको चाहिँ ठाउँ हेरेर कुनै पुलको नौ मिटर पनि हुनसक्छ’, उनले भने । यसअघि ठेक्कामार्फत नारायणगढ-मुग्लिन सडकमा पर्ने चारवटा पुल निर्माण भएका छन् । खानी खोला, दासढुङ्गा र मौरीखोला पुल निर्माण सम्पन्न भइसकेका छन् ।

जलविरेको पुल अन्तिम चरणमा रहेको र यो पुलको डिजाइन परिवर्तन गर्नु परेकाले केही ढिला भएको उनले जानकारी दिए । अहिले यसको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी छ । जलविरेको पुल निर्माण भएपछि करिब तीन सय मिटर बाटो छोटो हुने बताइएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ७ : ०७ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत