३ आश्विन २०८३, शनिबार | September 19, 2026

७० लाख लगानीमा ईट वेल शुभारम्भ



बुटवल । हेल्दी फुड, ह्याप्पी मुड को नारासहित बुटवल ११ मा ईट वेल रेष्टुरेन्ट संचालनमा आएको छ ।

रुपन्देहीका ३ जना युवाहरुको करीब ७० लाख लगानीमा रेष्टुरेन्ट संचालनमा ल्याएका हुन ।

बजारमा पाईने सबै आईटमभन्दा फरक पाईने संचालक प्रकाश घिमिरेले बताए । भारतिय, नेपाली लगायतका फरक फरक खानाका परिकार पस्कने सेफबाट सेवा दिने उनले बताए । रेष्टुरेन्टमा ३ जना कुक, १ जना हेल्पर र ४ जना सहयोगी गरि १० जनाले रोजगार पाएका छन। फ्रि डेलिभरी र प्याकेज समेत शुरु गरिने उनले बताए ।

एक समार‍ोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, महासचिव माधव खनाल, निवर्तमान सचिव मोहनलाल पाण्डे, रेष्टुरेन्टका संचालक विष्णु घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

आम नागरिकको स्वस्थ्यसंग सरोकार राख्ने सेवामुलक ब्यवसाय भएकाले पनि विशेष सावधानी अप्नाउनुपर्ने संघका अध्यक्ष गौतमले बताए ।

रेष्टुरेन्टका सल्लाहकार थानेश्वर पाण्डेले बजारमा ईट वेल स्पेशलका ८-१० आईटम फरक भएको दाबी गरे । विजनेशको क्रममा भारत भ्रमण गर्दा धेरै रेष्टुरेन्टहरुमा लिएको अनुभवबाट रेष्टुरेन्ट खोलेको उनले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : ३९ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२