४ पुस २०८२, शुक्रबार | December 19, 2025

जसपाको कार्यकारिणी समिति बैठक स्थगित, सत्ता समीकरण थप अन्यौलमा



जसपाको कार्यकारिणी समिति बैठक स्थगित, सत्ता समीकरण थप अन्यौलमा

काठमाडौं । सत्ता साझेदारीका लागि निर्णायक भनिएको जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ ।
जसपा बैठक स्थगित भएपछि नयाँ सरकार गठन या ओली सरकारकै निरन्तरता भन्ने अन्यौल थप बढेको छ । सत्ता समीकरणमा अहिले जसपा निर्णायक शक्ति बनेको छ । जसपाले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएपछि आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको हो ।

समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो । मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिए । बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ ।

यसअघि यही चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो । अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग चरणबद्ध छलफल गरेको थियो ।

जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित छन् ।

आज बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित भएको जनाइएको छ । बैठकमा सम्भावित सत्ता समीकरण, दलहरुसँग भएको छलफलको समीक्षा र पार्टी समायोजनबारे छलफल गर्ने कार्यसूची थियो ।

जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने वा नखोज्ने भन्नेमा विवाद रहँदै आएको छ । अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीका मागहरु पूरा भए ओलीसँगै सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायत भने वर्तमान सरकारको विकल्प खोज्नेगरी कांग्रेस र माओवादीसँग गठबन्धन गर्नुपर्ने पक्षमा रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  २ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको