२१ माघ २०८२, बुधबार | February 4, 2026

जसपाको कार्यकारिणी समिति बैठक स्थगित, सत्ता समीकरण थप अन्यौलमा



जसपाको कार्यकारिणी समिति बैठक स्थगित, सत्ता समीकरण थप अन्यौलमा

काठमाडौं । सत्ता साझेदारीका लागि निर्णायक भनिएको जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ ।
जसपा बैठक स्थगित भएपछि नयाँ सरकार गठन या ओली सरकारकै निरन्तरता भन्ने अन्यौल थप बढेको छ । सत्ता समीकरणमा अहिले जसपा निर्णायक शक्ति बनेको छ । जसपाले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएपछि आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको हो ।

समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो । मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिए । बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ ।

यसअघि यही चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो । अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग चरणबद्ध छलफल गरेको थियो ।

जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित छन् ।

आज बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित भएको जनाइएको छ । बैठकमा सम्भावित सत्ता समीकरण, दलहरुसँग भएको छलफलको समीक्षा र पार्टी समायोजनबारे छलफल गर्ने कार्यसूची थियो ।

जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने वा नखोज्ने भन्नेमा विवाद रहँदै आएको छ । अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीका मागहरु पूरा भए ओलीसँगै सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायत भने वर्तमान सरकारको विकल्प खोज्नेगरी कांग्रेस र माओवादीसँग गठबन्धन गर्नुपर्ने पक्षमा रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  २ : १३ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक