२० बैशाख २०८३, आइतबार | May 3, 2026

एक दशक पुरा गर्यो डिशहोमको प्लसमुभि च्यानलले



काठमाडौ । टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोममा मुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लसमुभि च्यानलको नामबाट संचालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय रहेको छ ।

नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभि च्यानल डिशहोममा ज्म् गुणस्तरमा हेर्न सकिन्छ ।
यस च्यानल मार्फत दुरदराजका दर्शकहरुलेसमेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।

प्लस मूभि संगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स, कमेडि प्लस्, डि मुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रशारण गरिरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १ : २५ बजे

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई