२४ श्रावण २०८३, आइतबार | August 9, 2026

डिशहोमले चन्द्रागिरी केबलकारसँग साझेदारी गर्दै, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा उपलब्ध गराउने



काठमाडौ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ।

यस साझेदारीमार्फत, सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन्।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरी हिल्स काठमाडौं उपत्यकाबाट छिटो पहुँचिने प्रमुख पर्यटन गन्तव्य हो।

यस साझेदारीले डिशहोमका ग्राहकहरूले छुटसहित चन्द्रागिरी हिल्सको अनुभव लिन सक्ने अवसर प्रदान गर्दछ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरी हिल्सका सेल्स एण्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

“यो साझेदारीले हाम्रो ग्राहकहरूलाई केवल डिजिटल कनेक्सन मात्र नभई, नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच प्रदान गर्नेछ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

अफर विवरण
चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट
माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ८ : ३७ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको