६ श्रावण २०८३, बुधबार | July 22, 2026

बोधि होल्डिङ्गको ४ सय करोड आवास परियोजना



बुटवल । बोधि होल्डिङ्ग प्रालिले सिद्धार्थनगरको बसन्तपुरमा सुविधा सम्पन्न पुर्वाधारसहितको आवास परियोजना संचालनमा ल्याउने भएको छ ।

भैरहवाको देवकोटा चोकदेखि डेढ किलोमिटरको दुरीमा ४ वर्षको अवधिमा ३ सय बढी घरहरु निर्माण गर्न लक्ष्य रहेको शनिबार पत्रकार सम्मेलनमा बोधि होल्डिङ्गका अध्यक्ष जलेश्वर पाण्डेले बताए ।

पहिलो चरणमा पाच विगाहा क्षेत्रफलमा १ सय ४ घर निर्माण हुने छन । उनले भने । दोस्रो चरणमा ९ विगाहा क्षेत्रफलमा ४ वर्षभित्र १ सय ९६ गरि ३ सय घर निर्माण गर्ने उनले बताए ।

काठमाडौ पछिको दोस्रो ठूलो विकासमा अगाडि रहेको रुपन्देही जिल्ला भएकाले पनि लगानीका लागि धेरै भित्रिरहेको उनले दाबी गरे । पहिलो चरणमा बन्ने घरमध्ये ६८ वटा २ हजार ३ सय ३३ स्क्वायर फुट तथा ३६ वटा २ हजार ६ सय ९७ स्क्वायर फुटमा निर्माण गरिने उनले बताए । जसको मूल्य १ करोड ६० लाख रुपैया र १ करोड ९० लाख मूल्य कायम गरिएको छ ।

कम्पनीले देशभर हाउजिङ परियोजना, पाच तारे होटलहरु, बैकहरु र वित्तिय संस्थाहरु, रियल स्टेट र स्वदेश तथा विदेशका विभिन्न कम्पनी ब्यवसायमा लगानी गरिरहेको छ ।

ग्लोबल आईएमई बैकको साझेदारीमा शुरु हुन लागेको परियोजनामा घर खरिद गर्ने उपभोक्ताहरुलाई बैकले नै सुपथ ब्याजदरमा २० वर्षसम्मका लागि कर्जा प्रदान गरिने उनले बताए ।

हाउसिङ परियोजना भित्र सामुहिक भवन, बाल उद्यान, हेल्थ क्लब हाउस, स्विमिङ पुल, बास्केटबल कोर्ट, ग्रोसरी सप, साउना तथा स्टिम बाथ, पानी शुद्धीकरण गर्ने उपकरणहरु, भुमिगत तार ब्यवस्थापन, ब्यवस्थित पार्किङ, सिसिटिभि सहितको २४ घण्टा सुरक्षा गार्ड सुविधा हुनेछ ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक दिनबन्धु पोखरेल, संचालक प्रमोद यादवले शहरीकरण बन्दै गरेको भैरहवा सबै रुपमा अबको आर्थिक हब बन्ने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ५० बजे

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क