१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मोटर ड्राइभिङ स्कुल संघमा कबिन्द्रमान



बुटवल । मोटर ड्राइभिङ स्कुल संघमा कबिन्द्रमान श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न १५ औ साधारण सभा तथा ११ औ अधिवेसनबाट संघको उपाध्यक्षमा श्रीधर अर्घाली, सचिव राम बहादुर रायमाझी, सहसचिव कृष्ण देवकोटा, कोषाध्यक्ष हुमकान्त भुषाल तथा सदस्यमा सिताराम बानिया, महेन्द्र कुमार भुषाल, महेन्द्र भुषाल, खगेन्द्र अर्याल, कृष्ण प्रसाद बश्याल, भानुभक्त ज्ञवाली, शिव कुवर, गिता अर्याल पन्त चयन भएका छन ।

यसैगरि लेखा संयोजक सिराज अहमद मनोनित भएका छन । कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीले ३ तहकै सरकार बिच समन्वय अभावका कारण ड्राइभिङ स्कुलहरु समस्यामा परेको दुखेसो गरे । आम नागरिकलाई सवारी अनुमति पत्र प्राप्त गराउन ब्यवहारिक र प्राविधिक ज्ञानमा योगदान दिदै आएका संघहरुको समस्यामा रहेको दुखेसो गरे ।

संघका अध्यक्ष प्रमोद थापाले अनलाईन २०२२ सम्मको साप्ताहिक दर्ता प्रक्रिया अहिले धेरै कठिनाई भएको बताए । हप्तामा ४ दिन नया र थप गरि साढे ३ सय मात्र हुने गर्दा यसले सेवाग्राहीलाई धेरै कठिनाई भएको उनले बताए । सरकारले नियम कानुन कडाई गरेपनि त्यस अनुसारको सेवा पाउनबाट बन्चित हुनुपरेको उनले बताए । लुम्बिनी अंचलभरि छरिएर रहेका अहिले १ सय २२ जना संघमा आवद्ध रहेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ०६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।