४ पुस २०८२, शुक्रबार | December 19, 2025

पश्चिमाञ्चल क्याम्पस पोखराका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण, नियमित परीक्षा स्थगित



पोखरा । पोखरा स्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको लामाचौरस्थित क्याम्पसको होस्टलमा बस्ने ६३ विद्यार्थीलाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सूरुमा एकजनामा संक्रमण देखिएपछि पटक पटक गरि परिक्षण गर्दा क्याम्पसमा अध्ययनरत ६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए । होस्टेलमा रहेका ४५ जनामा कोरोना देखिएपछि थप ६ सय ३५ जनाको स्वाव परिक्षण गर्न लिईएकोमा ५ सय ५० को परिक्षण गर्दा १८ जनामा मात्र कोरोना पुष्टि भएको शर्माले बताए ।

पहिलो चरणमा कोरोना संक्रमण देखिएका ४० जना मध्य ३६ जना क्याम्पसमै र चार जना होम आइसोलेसनमा राखिएको छ ।

क्याम्पसले शैक्षिक करिकुलम अनुसार पूर्वी तराईका जिल्लाहरुमा भ्रमणमा लगेको र त्यसैबाछ संक्रमण फैलिएको हुन सक्ने शर्माले अनुमान गरे । पहिलो चरणमा ठूलो संख्या देखिएपनि ५ सय ५० को रिपोर्टमा १८ जना मात्रमा संक्रमण पुष्टि भएका कारण ठूलो जोखिम भने नभएको उनले बताए ।

विद्यार्थीमा संक्रमण देखिएपछि स्नातक तहको सबै वर्षको परीक्षा स्थगित गरिएको छ । ३ चैतदेखि गर्ने भनिएको नियमित तथा पुनः परीक्षा विद्यार्थीको आग्रहमा हाललाई स्थगित गरेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको