४ पुस २०८२, शुक्रबार | December 20, 2025

धुर्मुस-सुन्तली फाउन्डेसनको मंगलबार मेचिमहाकाली अभियान शुरु (भिडियो सहित)



बुटवल । धुर्मुस-सुन्तली फाउन्डेसनका पदाधिकारी, अभियन्ताहरु मंगलबारदेखि मेचिमहाकाली अभियान थाल्ने भएका छन ।

चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई देशको ७७ जिल्ला जोडने गरि कन्चनपुरबाट अभियान शुरु हुने भएको हो ।

अभियानको क्रममा बुटवलमा आईपुगेका टोलीलाई गोर्खाली युवा सशक्तिकरण संस्थाले स्वागत कार्यक्रममा धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताए । अभियान २४ र २५ चैत बुटवलमा घरदैलो गर्ने गरिने उनले बताए ।

देशको ७७ वटा जिल्लाको पहिचान हुने गरि रंगशालामा ७७ वटा कक्षहरु निर्माण हुने उनले बताए । बैशाखमा रंगशालाको पिच निर्माण गरिने उनले बताए जसमा महाकालीको माटो र मेचि नदीबाट माटो, लुम्बिनीको माटोलाई प्रयोग गरिने उनले बताए ।

अभियान देशभरका समग्र नागरिकलाई निम्तो दिने, जनस्तरबाट निर्माण हुन लागेको रंगशालामा सरकारको समेत सहकार्य जुटाउने लक्ष्य रहेको कलाकार तथा धुर्मुस-सुन्तली फाउन्डेसनका अर्जुन घिमिरे (पाण्डे )ले बताए । आम नागरिकबाट तन, मन र धनबाट सहयोग गर्न उनले सुझाव दिए । संसार बदल्न आफुबाट शुरु गरौ । उनले बताए ।

सामाजिक अभियन्ता अर्जुन भुषालले ब्यक्तिको नभई समग्र नेपालीको क्रिकेट रंगशाला भएको उनले बताए । गोर्खाली सशक्तिकरण अध्यक्ष भरत पुरीले सबैको साथमा ठुला ठुला काम पूरा भएको उदाहरण दिदै राष्ट्रिय आयोजनाका रुपमा रहेको रंगशाला पनि पुरा हुने बताए ।

बुटवलका युवा रोजिन भण्डारी क्षेत्रीको जन्मदिनको अवसरमा फाउन्डेसनलाई ५ हजार ५ सय रकम सहयोग गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको