२३ माघ २०८२, शुक्रबार | February 7, 2026

माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर र प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाईट जडान



काठमाडौं । माछापुच्छ्रे बैंकले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच बैंकका संचालक रोशन केसी र विश्व प्रकाश गौतमले उक्त ट्राफिक लाईटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका छन् ।

सवारी आवागमनलाई सुरक्षित एंव व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधानको अत्याधिक चाप रहने लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाईटको व्यवस्था गरेको हो ।

उक्त ट्राफिक लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाईटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायःजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाईटहरु हस्तान्तरण गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बैंकले प्रदान गरेका ट्राफिक लाईटहरुले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : ४४ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस