५ पुस २०८२, शनिबार | December 20, 2025

सियारी गाउँपालिकाका किसानहरुलाई ४८ लाख बढी अनुदान रकम वितरण



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका पशुपालक किसानहरुलाई अनुदान रकम दिएको छ ।

व्यवसयिकरुपमा गाई र भैंसी पालन गर्दै आएका ५० जना किसानहरुलाई ४८ लाख ८७ हजार चार सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख गणेश खनालले बताए ।

गाउँपालिका भित्रका वडा नं. ४ र ५ का किसानहरुले पशुको ४४ लाख १८ हजार र विभिन्न उपकरण तथा समाग्री वापतको ४ लाख ६९ हजार चार सय रुपैयाँ अनुदान रकम पाएका हुन । जस अन्तर्गत लागत सझेदारी कार्यक्रम तथा त्रिपक्षिय सझेदारी कार्यक्रम संघिय सरकारको २४ लाख ५२ हजार सात सय र गाउँपालिकाको २४ लाख ३४ हजार सात सय अनुदान रकम रहेको छ ।

अनुदान प्राप्त गर्नका लागि किसानले कम्तिमा पनि दुई वटा गाई वा भैंसीे पाल्नु पर्ने र समुह बनाउनु पर्ने हुन्छ । गाउँपालिकामा अहिले १०/१० जनाको ५ वटा समुह रहेको छ । गाउँपालिकामा लागत सझेदारी तथा त्रिपक्षिय सझेदारी कार्यक्रम लागु भए पछि समुह बनाई किसानलाई विभिन्न किसिमका तालिम, उपकरण वितरण, औषधी उपचार लगायतका कार्यहरु गर्दै आएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

अनुदान रकम लिएका किसानहरुलाई रकमको सहि ठाउँमा प्रयोग गर्न गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले आग्रह गरे । लागत सझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरुलाई १४ वटा इलेक्ट्रिक च्यापकटर, ६० वटा काउम्याट वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले बताए ।

गाउँपालिकाले गाई गोठ सुधार, बाख्रा गोठ सुधार, कुखुरा खोर सुधार तथा पोखरी निर्माण, विभिन्न कृषि यन्त्र वितरण लगायतका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित किसानहरुलाई अनुदान प्रदान गर्दै आएको उनको भनाई छ ।

अनुदान वितरण कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष श्री प्रसाद श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, गाउँपालिकाका कर्मचारी न.सु. चिरन्जीवी गौतम लागएतले किसानहरुको समस्य समाधानका बारेमा बोलेका थिए ।

गाउँपालिकामा अहिले बच्छी हुर्काउने कार्यक्रम अन्तर्गत बच्छीको जन्मदर्ता गरिदिने राम्रो संग पालन गरे १० हजार अनुदान दिने तथा विमा, औषधी उपचार गरिदिने ब्यवस्था यस अघि देखि नै गाउँपालिकामा कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ४५ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश