१२ श्रावण २०८१, शनिबार | July 27, 2024

वैवाहिक जीवनलाई समधुर बनाउने ५ उपाय



एजेन्सी । विवाहलाई सबैभन्दा पवित्र र विश्वासमा आधारित सम्बन्ध मानिन्छ । तर पनि यो सम्बन्धलाई सधैभर सुमधुर बनाइराख्न गाह्रो पर्छ ।

कतिपय सामान्य कारणले पनि पवित्र भनिने वैवाहिक सम्बन्धमा दरार आउँछ । जसको पछिल्लो उदाहरणको हो सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै जानु ।

आजभोलि सम्बन्ध बिच्छेदका घटनाहरु धेरै बढ्न थालेका छन् । सात जन्मसम्म सँगै रहने भनेर कसम खाएका जोडीहरु पनि एउटा अवस्थामा आएर सम्बन्ध बिच्छेद गर्छन् । तर केही यस्ता उपायहरु छन् जसले दुईजनाबीचको सम्बन्धलाई मजबुत बनाइरहन सहयोग गर्छन ।

वैवाहिक जीवनलाई समधुर बनाउने ५ उपायहरु यहाँ उल्लेख गरिएको छ :

१. सम्बन्धमा सम्मानको महत्व प्रेम प्रकट गर्दा हामी बढी नै देखाएर गर्छौं । साँचो कुरा प्रेम सँगै विश्वास पनि हो । सम्बन्धमा एक-अर्काप्रतिको विश्वासको ठूलो महत्व हुन्छ । सम्बन्ध दरिलो बनाउन एक अर्काको निर्णय तथा सही बिचारको सम्मान गर्नुपर्दछ ।

२. आफन्तसँगको सुमधुर सम्बन्ध प्रत्येक नातेदारसँग आफ्नो सम्बन्ध उत्तिकै राम्रो हुनुपर्छ भन्न सजिलो छ, तर सबै आफन्त र उनीहरुको स्वभाव चिनेर खुसी पारिराख्नु त्यति सजिलो भने छैन ।

तर तपाईले आफ्नो तर्फबाट प्रयास भने गर्न छोड्नुहुँदेन । आफ्नो मान्छेसँग कुराकानी गर्दा कहिल्यै पनि झिँझो नमान्नुहोस् । भित्र मन नपरेपनि उनका कुरा शान्तसँग सुनिदिनुहोस् । मनमुटाव हुने स्थिति आए पहिल्यै सुल्झाउने प्रयास गर्नुहोस् ।

३. पैसाको बारेमा प्रष्ट हुनुस् । विवाहपछि आर्थिक रुपमा स्वतन्त्र हुन कठिनाई हुनसक्छ । तर बिहेपछि पैसाको बारेमा एक अर्कालाई जानकारी हुन जरुरी हुन्छ । यसो हुदाँ श्रीमान्श्री-मती दुवैले आर्थिक मामिलामा एक अर्कालाई शंका गर्ने ठाउँ रहँदैन । आफूले लगानी गरेको, सापटी दिएको, सहयोग लिएको जस्ता कुरा एकअर्कामा जानकारी हुँदा त्यसले सम्बन्धलाई सुधार गर्न मद्धत पुग्छ ।

४. सम्झौता गर्नु कमजोरी होइन । सम्बन्धमा कहिलेकाँही साना तिना कुराले पनि दिक्क पार्ने गर्छ । तर यस्ता कुरालाई ठूलो नबनाएर सम्झौता गर्नु राम्रो हुन्छ । सम्झौताले सम्बन्धलाई तन्काउने काम गर्छ । कसले भनेको कुरा ठूलो र कसले भनेको कुरा सानो भन्ने जस्ता कुरामा अल्झनु हुदैन ।

५. मायामा कमि हुन नदिनुहोस् । विहे भएको जतिसुकै वर्ष बितोस्, एक अर्काको प्रेममा कमी हुन नदिनुहोस् । एकअर्काको प्रसंशा गरिरहनुहोस् । जसले सम्बन्धलाई निरन्तर रुपमा सुमधुर बनाइरहन मद्दत पुग्छ । हप्तामा एकचोटीसंगै फिल्म हेर्न जानुहोस्, छोराछोरी, आफन्तसँग रमाउने गर्नुहोस् । यस्तो गर्नाले सम्बन्धमा उचाई थपिदै जान्छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्