२५ आश्विन २०८३, आइतबार | October 11, 2026

बुटवलको कालिकानगरबाट पुनः सञ्चालनमा आयो पवन मिष्ठान भण्डार



बुटवल । पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । बुटवलको अमरपथमा आउटलेट सञ्चालन गर्दै आएको भण्डारले पार्किङको समस्याका कारण सेवा स्थगित गरेपछि अब बुटवल-१०, कालिकानगरबाट सेवा सुरु गरेको हो ।

भण्डारका सञ्चालक पवन हलुवाईले घटस्थापनाको दिनदेखि कालिकानगरबाट सेवा सञ्चालन गरिएको जानकारी दिए । बुटवल क्षेत्रका ग्राहकको माया, विश्वास र सद्भावका कारण पुनः बुटवलबाटै सेवा सुरु गरेको उनले बताए ।

विसं २०२५ मा उनका बुवाको नेतृत्वमा स्थापना भएको पवन मिष्ठान भण्डारले पेडा, लड्डु, परबल मिठाई, दूध मिठाईलगायत २५ प्रकारका मिठाई उत्पादन गर्दै आएको छ । भण्डारका अनुसार यहाँ दैनिक करिब एक हजार लिटर दूध र सात क्विन्टल खोवा खपत हुने गरेको छ ।

भण्डारमा हाल ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । साथै, तीन सयभन्दा बढी स्थानीय किसानबाट प्रत्यक्ष रूपमा दूध खरिद गर्दै आएको सञ्चालक हलुवाईले बताए ।

उनका अनुसार अमरपथमा विसं २०५५ मा आउटलेट सञ्चालनमा ल्याइएको थियो । तर, पछिल्लो समय पार्किङको समस्या बढ्दै गएपछि ग्राहकलाई सवारीसाधन राख्न असहज भएको थियो । त्यसैले अमरपथस्थित आउटलेटको सेवा स्थगित गरी कालिकानगरबाट पुनः सेवा सुरु गरिएको उनले बताए ।

कोभिड-१९ महामारी, भूकम्प, बजार बन्द तथा विभिन्न आन्दोलनका कारण व्यवसाय प्रभावित भए पनि गुणस्तरीय उत्पादन र सेवामा सम्झौता नगरेको भण्डारले जनाएको छ ।

पछिल्लो समय काठमाडौंलगायत विभिन्न स्थानमा पवन मिष्ठान भण्डारका उत्पादन तथा पवनको पेडा बिक्री भइरहेको भए पनि बुटवलबाहेक अन्य स्थानमा आफ्नै आउटलेट नरहेको भण्डारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

सञ्चालक हलुवाईले ग्राहकको विश्वास र मायालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि गुणस्तरीय मिठाई तथा दुग्धजन्य उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ११ : २० बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम

बूढीगण्डकी बाढी : छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

गोरखा ।बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा

बूढीगण्डकी बाढी त्रिशूली र नारायणी किनारमा सतर्कता

चितवनन । बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी

बुटवलको कालिकानगरबाट पुनः सञ्चालनमा आयो पवन मिष्ठान भण्डार

बुटवल । पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालनमा

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा