१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

नयाँ सरकार गठनमा कांग्रेसको अरुचि



काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ ।

ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो ।

पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए पनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए । ‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ पौडेलले राजधानीसँग भने ।

बैठकमा तत्काल नयाँ सरकार गठन विषयमा कुनै छलफल नभएको पनि आवश्यक परे कांग्रेस वैकल्पिक सरकार दिन सधैं तयार रहेको नेता रमेश लेखकले बताए । ‘कांग्रेस प्रतिपक्षी दल हो, आवश्यकता परे कांग्रेसले वैकल्पिक सरकार दिन सक्छ तर अहिले नै स्थिति परिपक्व बनिसकेको छैन,’ नेता लेखकले बैठकपछि पत्रकारसँग भने । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ३० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको