१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

सचिवकै कार्यक्षमतामा गम्भीर प्रश्न : राम्रा निर्णय, कार्यान्वयन सकस



काठमाडौं । आफ्नो प्रत्यक्ष सहभागितामा बस्ने उच्चस्तर बैठकले गरेका निर्णय कार्यान्वयन गर्न नसक्दा विभिन्न मन्त्रालय र निकाय सचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ ।

मुख्य सचिव शंकरदास वैरागीले सबै मन्त्रालय र निकाय सचिव बैठक नियमित राखेर महत्त्वपूर्ण निर्णय गरे पनि कार्यान्वयनमा सचिवले नै उदासीनता देखाउने गरेको बताएका छन् ।

आफ्नै सहभागितामा बस्ने बैठकका निर्णय कार्यान्वयन गर्न सचिवलाई ‘कुन तत्त्वले रोक्छ’ भन्ने प्रश्न आमरूपमै उठ्न थालेको पाइएको छ । राजनीतिक नेतृत्वले समेत यो विषयलाई खासै प्राथमिकता दिन नसक्दा सिंगो सरकारको कार्यसम्पादनसमेत कमजोर देखिँदै आएको छ ।

सरकारको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन निकाय प्रशासन संयन्त्र नै हो । सचिवलाई प्रशासन संयन्त्रका मुख्य ‘हाकिम’ नै मानिन्छन् । मातहतका निकायमा रहने आफ्ना कर्मचारी संयन्त्रमार्फत सरकारका नीति, योजना तथा बजेट कार्यान्वयन गराउने प्रमुख दायित्व उनीहरूकै काँधमा हुन्छ ।

मुख्य सचिव वैरागीको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सचिव बैठकले झन्डै दर्जन निर्णय गरेको छ । तर, ती निर्णय ‘राम्रा’ तर ‘कार्यान्वयन’मा आशंका उब्जिनेखालका देखिन्छन् । यसअघि पनि सचिव बैठकबाट दर्जनौं निर्णय भए । तर, अधिकांश कार्यान्वयनमा आउन सकेका छैनन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ३४ बजे

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र