४ पुस २०८२, शुक्रबार | December 20, 2025

दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना; १ जनाको मृत्यु, २२ घाइते



दाङ । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ ।

पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने १८ वर्षीया सम्झना केसी रहेकी छन् । केसी कक्षा १२ की विद्यार्थी हुन् ।

दुर्घटनामा घाइते केसीको उपचारका लागि सिटी अस्पताल पुर्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा अन्य २२ जना विद्यार्थी घाइते भएका छन् ।

गम्भीर घाइते भएका किरण चौधरीलार्य थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ । अन्य २१ विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

कक्षा ११ र १२ का विद्यार्थी बोकेको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर–१५ सरैया डाँडामा दुर्घटनामा परेको थियो। चालकले तिब्र गतिमा बस चलाउँदा सन्तुलन बिग्रेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक भने दुर्घटना लगत्तै फरार भएका छन् ।

 

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको