११ चैत्र २०८२, बुधबार | March 25, 2026

दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना; १ जनाको मृत्यु, २२ घाइते



दाङ । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ ।

पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने १८ वर्षीया सम्झना केसी रहेकी छन् । केसी कक्षा १२ की विद्यार्थी हुन् ।

दुर्घटनामा घाइते केसीको उपचारका लागि सिटी अस्पताल पुर्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा अन्य २२ जना विद्यार्थी घाइते भएका छन् ।

गम्भीर घाइते भएका किरण चौधरीलार्य थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ । अन्य २१ विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

कक्षा ११ र १२ का विद्यार्थी बोकेको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर–१५ सरैया डाँडामा दुर्घटनामा परेको थियो। चालकले तिब्र गतिमा बस चलाउँदा सन्तुलन बिग्रेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक भने दुर्घटना लगत्तै फरार भएका छन् ।

 

 

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : ३७ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग