२० मंसिर २०८२, शनिबार | December 6, 2025

आगामी वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप-२०७८’ हुदैं



तिलोत्तमा । तिलोत्तमा फुटबल एकेडेमीले आफ्नै नाममा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिका संरक्षक रहने गरी एकेडेमीले आगामी वैशाख ३ गतेदेखि ‘प्रथम तिलोत्तमा फुटबल एकेडेमी कप-२०७८’ आयोजना गर्ने भएको हो ।

तिलोत्तमामा व्यवसायीक रुपमा फुटबल प्रशिक्षणको सञ्चालन गर्न लागिरहेको एकेडेमीले विगतका वर्षहरुमा ‘मेयर कप’ तथा ‘वडा कप’ आयोजना गर्दै आएकोमा आगामी वर्षदेखि आफ्नै नाममा प्रतियोगिता आयोजना गर्ने भएको हो ।

विभिन्न जिल्लाका १६ टिम सहभागी हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले ५० हजार ५५० नगद राशीसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले २५ हजार ५२५ नगद राशी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीमा अध्यक्ष तिलक नेपालीले जानकारी गराए ।

तिलोत्तमा-१ चपरहट्टी खेल मैदानमा हुने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरवार्डर, उत्कृष्ट मिड फिल्डर तथा म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नकआउटका आधारमा खेलाइने प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुने छ । खेलमा सहभागीताका लागि ३ हजार ५ सय प्रवेश शुल्क राखिएको प्रतियोगिता आयोजना गर्न ७ लाख ५० हजार बढी खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

एकेडेमीले नयाँ शैक्षिकसत्रदेखि नियमित रुपम प्रशिक्षण सुरु गर्ने भएको छ । प्रशिक्षका लागि तिलोत्तमा-४ विष्णुपुरमा रहेको ज्ञानगंगा पाठशालासँग ३ वर्षका लागि सम्झौता गरेको छ भने विद्यालय नजिकै रहेको ८ कट्ठा जमिन लिजमा लिएर खेल गतिविधि सञ्चालन गर्ने भएको छ । एकेडेमीले मैदान निर्माणको कामलाई तीब्रता दिइरहेको एकेडेमीका अध्यक्ष नेपालीले जानकारी गराए ।

वैशाखदेखि सञ्चालन हुने प्रशिक्षणका लागि दर्जन बढी विद्यार्थीका अभिभावक सम्पर्कमा आइसकेको जानकारी गराउँदै उनले सहभागी हुन चाहाने अन्य विद्यार्थीलाई भर्ना गर्ने क्रम जारी रहेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रशिक्षक यम गुरुङ मूख्य प्रशिक्षकका रुपमा रहने एकेडेमीमा मासिक १२ हजार शुल्क तिरेर विद्यार्थीहरुले प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति