१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

विश्व क्षयरोग दिवस : संकेत समयको, क्षयरोग अन्त्यको



बुटवल । विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पतालको समन्वयमा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला स्वस्थ्य कार्यालय रुपन्देहीका क्षय/कुष्ठ निरिक्षक टिकाराम अधिकारीले क्षयरोग अन्त्यका लागि चुनौतिहरु देखिएको बताए ।

बहुऔषधी प्रतिरोधको असर, क्षयरोग एचआईभी सह संक्रमण, मधुमेहका बिरामीहरुमा क्षयरोगको जोखिम, निजि क्षेत्रबाट प्रदान भएका सेवाको तथ्याक मुलधारमा ल्याउन नसक्नु, बसाईसराई, खुल्ला सिमाना क्षयरोगमा चुनौती देखिएको बताए । सन २०५० सम्म क्षयरोग अन्त्य गर्ने परिकल्पना अनुसार विरामी र मृत्यु दर घटाई रोग सर्ने प्रक्रियालाई रोक्ने लक्ष्य सरकारले अघि बढाएको छ ।

नेपालमा सन १९९६ भक्तपुर, पर्सा, नवलपरासी र कैलाली जिल्लामा पाईलट कार्यक्रमका डट्स विधि शुरु भएकोमा अहिले सबै जिल्लामा लागू भएको छ । डट्स भन्दा पहिला उपचारमा रहेका विरामीहरुमध्ये करीब ३३ प्रतिशतमात्र निको हुने दर थियो भने अहिले ९० प्रतिशतभन्दा माथि रहेको छ ।

एक सय जना क्षयरोगीमध्ये ८० जनालाई फोक्सोमा देखिने उनले बताए । यस्ता रोगीलाई खोकीको समस्या हुने गर्दछ । हालै सम्पन्न प्रिभ्यालेन्स सर्भेक्षण अनुसार नेपालमा वार्षिक ६९ हजार जना क्षयरोगका नया विरामी देखिन्छन तर राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तरगत विगत ५ वर्ष यता वार्षिक करिब ३२ हजार नया क्षयरोगका विरामी निदान भई उपचारको दायरामा ल्याउन सकिएको छ ।

नेपालमा १ लाख १७ हजार क्षयरोगीहरु रहेका र क्षयरोगको राष्ट्रिय प्रिभ्यालेन्स ४ सय १६ प्रति १ लाख जनसंख्या रहेको छ । नेपालमा प्रत्येक वर्ष करीब ६९ हजार क्षयरोगको नया विरामी देखिने उनले बताए ।

क्षयरोगको नया बिरामी हुने दर २ सय ४५ प्रति १ लाख जनसंख्या रहेको छ । नेपालका कुल जनसंख्याको झण्डै आधा ब्यक्तिमा क्षयरोगको संक्रमण रहेको अनुमान छ । टिविको जिवाणु हाम्रो शरिरमा हुन्छ कमजोर हुदा रोग देखिन्छ ।

कार्यक्रममा जिल्ला जनस्वस्थ्य कार्यालय प्रमुख डा राजेन्द्र कुमार गिरीले डिआर टिवि उपचार धेरै कठिनाई हुने गरेको बताए । सरकारको पहिलो प्राथमिकतामा यसको उपचार निशुल्क गराएको भएपनि सचेतना अभावले समस्या देखिने उनले बताए । रुपन्देही जिल्लामा ९२ वटा स्वस्थ्य केन्द्रबाट आषधी उपचार उपलब्ध रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्रप्रसाद खनाल, वरिष्ठ फिजिसियन नन्दु पाठक, लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका ईन्चार्ज सत्यराज शाक्यले समाजमा बिस्तारै क्षयरोगी खुल्न थालेको बताए ।

लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना तथा प्रदेशभित्र रुपन्देहीमा सबैभन्दा धेरै १ हजार १ सय ६३ जना विरामी छन । बुटवल उपमहानगरपालिकामा डिआर टिभि सेवा संचालन गर्दा शुरुवातमा धेरै कठिनाई आएको स्वास्थ्य स्वयंसेवी पुष्पा न्यौपाने शर्माले बताए । विरामीहरु फलोअपमा नआउने, छिमेकिहरुबाट सेवाकेन्द्र सार्न दबाब आएको बताईन ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ५९ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका