१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज विश्व हातधुने दिवस : विभिन्न रोगबाट बच्ने अचुक औषधि हातधुने बानी



काठमाडौं । आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८ देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्-आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ ।

अझ कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावस्यक अस्पतालको खर्चसमेत बचाउँछ । विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ ।

झाडापखला फैलनुको मुख्य कारणको रुपमा हात सफा नहुनुलाई नै मानिन्छ । विश्वभर वर्षेनी लाखौं बालबालिकाको मृत्यु यही झाडापखालाकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाउँछ । हरेक ३ जना बालबालिकामध्ये एकमा झाडापखालाको संक्रमण हुने गरेको तथ्याङ्क छ ।

दिगो विकासको छैठौं लक्ष्यमा पनि स्वच्छ खानेपानी र सरसफाईको विषय उल्लेख गरिएको छ । जसमा सरसफाई अन्तर्गत हातधुने बानी पनि एउटा महत्वपूर्ण पाटो हो ।

हात धुने बानीको विकास गर्नसके वर्षेनी मृत्यु हुने बालबालिकाको यो संख्यालाई हटाउन सकिन्छ । राम्रोसँग हात धोएमा मात्र झाडापखाला जस्ता ४० र श्वास–प्रश्वाससम्बन्धी २३ प्रतिशत रोग नलनग्ने विभिन्न स्वास्थ्यसम्बन्धी प्रतिवेदनहरूले देखाएको छ ।

कसरी धुने हात ?

-सफा पानीले हात भिजाउने ।
-हातमा साबुन लगाउने र कम्तीमा २० सेकेन्डसम्म हात मिच्ने ।
-हातका सबै औंला, हत्केला र औंलाका चेपचेपमा साबुन पु¥याउने ।
-हातको गोलीगाँठादेखि नङको टुप्पोसम्म साबुल पनिले मिच्ने ।
-सबैतिर मिचिसकेपछि राम्रोसँग हात पखाल्ने ।
-पखालेको हातलाई सफा कपडाले मात्र पुछ्ने ।

कुन-कुन बेला हात धुनुपर्छ ?

-शौचालय गएपछि,
-खाना खानुअघि र खाएपछि,
-बच्चाको कपडा वा अन्य सामान चलाएमा,
-कुनै पनि जनावरलाई छोएपछि चाहे घरपालुवा भएपनि,
-खाना पकाउनु अघि
-यी सामान्य अवस्था भएपनि पटक–पटक हात धुने बानी बसाल्नु नै राम्रो हुन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : १५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान