१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

दोस्रो लहरको त्रासः ब्युँताइँदै कोरोना अस्पताल



काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ ।

स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । प्रदेश १ सरकारले विराटनगर-१० मा सञ्चालन गरेको कोभिड-१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो ।

तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चापागाईंले भने, ‘बिरामी आउनसाथ राख्न समस्या हुन दिनेछैनौँ ।’

करारका चिकित्सक, नर्स र पारामेडिकलाई फागुन २८ गते हटाइएको थियो । अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : ५७ बजे

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको