१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

डढेलोले प्रदूषण उच्च



काठमाडौं । काठमाडौं उपत्यकामा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स-एक्यूआई) जनस्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ । उपत्यकाका अधिकांश भेगमा एक्यूआई तीन सयभन्दा बढी पुगेको छ ।

चितवन, मकवानपुर, ओखलढुंगा, बारा, पर्सालगायत जिल्लामा डढेलो लागेकाले ती भेगबाट धूवाँमिश्रित वायु उपत्यका भित्रिएकाले एक्यूआई खस्किएको विज्ञको बुझाइ छ । भारतको हरियाणा, उत्तर प्रदेशलगायत भेगमा बढेको प्रदूषणको प्रभावसमेत नेपालसम्म देखिएको उनीहरूको ठहर छ ।

वायु गुणस्तर बिहीबारको तुलनामा शुक्रबार निकै खस्किएको छ । ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंका रत्नपार्क, कीर्तिपुरलगायत भेगमा एक्यूआई बढेको छ । ‘एक सातादेखि निरन्तर रूपमा वायु गुणस्तर खस्किन थालेको छ । शुक्रबार झनै खस्कियो’, वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले भने ।

शुक्रबारको गुणस्तर कुन हदमा पुग्यो भन्ने सुनिश्चित गर्न पछिल्लो २४ घण्टाको समग्र तथ्यांक विश्लेषण गर्नुपर्ने पौडेलले बताए । काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्रदूषणको मात्रा भैंसेपाटी र आसपासमा रहेको विभागको तथ्यांक छ ।

बिहीबार सो भेगमा २४ घण्टाको एक्यूआई २३६ थियो । ‘शुक्रबारको मौसमले त्यहाँको एक्यूआई चार सयभन्दा तल नरहेको सहजै अनुमान गर्न सकिन्छ’, विभागका एक अधिकारीले भने । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ०९ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको