६ श्रावण २०८३, बुधबार | July 22, 2026

डढेलोले प्रदूषण उच्च



काठमाडौं । काठमाडौं उपत्यकामा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स-एक्यूआई) जनस्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ । उपत्यकाका अधिकांश भेगमा एक्यूआई तीन सयभन्दा बढी पुगेको छ ।

चितवन, मकवानपुर, ओखलढुंगा, बारा, पर्सालगायत जिल्लामा डढेलो लागेकाले ती भेगबाट धूवाँमिश्रित वायु उपत्यका भित्रिएकाले एक्यूआई खस्किएको विज्ञको बुझाइ छ । भारतको हरियाणा, उत्तर प्रदेशलगायत भेगमा बढेको प्रदूषणको प्रभावसमेत नेपालसम्म देखिएको उनीहरूको ठहर छ ।

वायु गुणस्तर बिहीबारको तुलनामा शुक्रबार निकै खस्किएको छ । ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंका रत्नपार्क, कीर्तिपुरलगायत भेगमा एक्यूआई बढेको छ । ‘एक सातादेखि निरन्तर रूपमा वायु गुणस्तर खस्किन थालेको छ । शुक्रबार झनै खस्कियो’, वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले भने ।

शुक्रबारको गुणस्तर कुन हदमा पुग्यो भन्ने सुनिश्चित गर्न पछिल्लो २४ घण्टाको समग्र तथ्यांक विश्लेषण गर्नुपर्ने पौडेलले बताए । काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्रदूषणको मात्रा भैंसेपाटी र आसपासमा रहेको विभागको तथ्यांक छ ।

बिहीबार सो भेगमा २४ घण्टाको एक्यूआई २३६ थियो । ‘शुक्रबारको मौसमले त्यहाँको एक्यूआई चार सयभन्दा तल नरहेको सहजै अनुमान गर्न सकिन्छ’, विभागका एक अधिकारीले भने । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ०९ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,