४ पुस २०८२, शुक्रबार | December 20, 2025

आज विश्व नेवा: दिवस, नेपाल सहित बिश्वभरका नेवाः समुदायले बिभिन्न कार्यक्रमगरि दिवस मनाउँदै



काठमाडौं । बिश्वभरी छरिएर रहेका नेवाः समुदायले आज विभिन्न कार्यक्रम गरेर विश्व नेवाः दिवस मनाउँदै छन् । विगत ३ वर्ष देखि हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारका दिन समुदायमा ‘विश्व नेवाः दिवस’ मनाइँदै आएको छ ।

नेवाः समुदायले सन् २०१८ बाट दिवस मनाउन सुरु गरेका हुन् । ‘विश्व नेवाः दिवस’कै अवसर पारेर वर्ल्ड नेवाः अर्गनाइजेशनले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ भने विश्वभर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गर्दै ‘विश्व नेवाः दिवस’ मनाउने छन् ।

‘विश्व नेवाः दिवस’को अवसरमा आज काठमाडौंको बसन्तपुरमा हुने कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ जनालाई सम्मान गरिने भएको छ ।

सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो । यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, पोर्चुगललगायत देशमा यो दिवस मनाउन लागिएको वर्ल्ड नेवाः अर्गनाइजेशनले जनाएको छ ।

संघिय राजधानी काठमाडौंमा नेवाः समुदायका स्थानीयले सांस्कृतिक र्याली निकाल्न सुरु गरेका छन् । मुख्य ¥याली राष्ट्रिय सभागृहमा पुगेर विश्व नेवा सम्मेलनमा परिणत हुने विश्व नेवाः संगठनको नेपाल (च्याप्टर)ले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको