२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

आज विश्व नेवा: दिवस, नेपाल सहित बिश्वभरका नेवाः समुदायले बिभिन्न कार्यक्रमगरि दिवस मनाउँदै



काठमाडौं । बिश्वभरी छरिएर रहेका नेवाः समुदायले आज विभिन्न कार्यक्रम गरेर विश्व नेवाः दिवस मनाउँदै छन् । विगत ३ वर्ष देखि हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारका दिन समुदायमा ‘विश्व नेवाः दिवस’ मनाइँदै आएको छ ।

नेवाः समुदायले सन् २०१८ बाट दिवस मनाउन सुरु गरेका हुन् । ‘विश्व नेवाः दिवस’कै अवसर पारेर वर्ल्ड नेवाः अर्गनाइजेशनले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ भने विश्वभर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गर्दै ‘विश्व नेवाः दिवस’ मनाउने छन् ।

‘विश्व नेवाः दिवस’को अवसरमा आज काठमाडौंको बसन्तपुरमा हुने कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ जनालाई सम्मान गरिने भएको छ ।

सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो । यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, पोर्चुगललगायत देशमा यो दिवस मनाउन लागिएको वर्ल्ड नेवाः अर्गनाइजेशनले जनाएको छ ।

संघिय राजधानी काठमाडौंमा नेवाः समुदायका स्थानीयले सांस्कृतिक र्याली निकाल्न सुरु गरेका छन् । मुख्य ¥याली राष्ट्रिय सभागृहमा पुगेर विश्व नेवा सम्मेलनमा परिणत हुने विश्व नेवाः संगठनको नेपाल (च्याप्टर)ले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ३३ बजे

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला