१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

नेपाल संवतमा नेपालगन्जमा भिन्तुना र्‍याली



नेपालगन्ज । नेपालीहरुको मौलिक संबत नेपाल संवत ११४५ को अवसरमा नेपालगन्जमा भिन्तुना र्‍याली हुने भएको हो । नेवाः पुच बाँकेको संयोजनमा आज नेपालगन्जमा भएको नेवाः समुदायको संघ संस्थाहरुको भेलाले नेपाल संबतका अवसरमा नेपालगन्जमा भिन्तुना र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।

भेलामा सहभागी नेवाः अगुवाहरुले नेपाल संवत नेवार समुदायको मात्र नभएकाले सबैले अपनत्व लिने गरि कार्यक्रम गर्न आयोजकलाई सुझाएका थिए । उनीहरुले नेवाः सहित अन्य जाती, भाषा र सम्प्रदायका अगुवाहरुलाई पनि भिन्तुनामा आमन्त्रण गरि सबैलाई नेपाल संवतको महत्व दर्शाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेवाः पुचका पार्षद एवं बरिष्ठ पत्रकार पूर्णलाल चुकेले नेपाल संवत हरेक नेपालीको साझा संवत भएकाले सबैले यसको अपनत्व लिनु पर्ने बताए ।

लायन अगुवा ज्ञानेन्द्र श्रेष्ठले नेपाल संवतलाई नयाँ ढंगले मनाएर सबैलाई समेट्न आयोजकलाई सुझाव दिए ।

नेवाः पुचका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतमा भएको छलफलमा नेवाः सम्बद्ध पुचः गुठी र खलका अध्यक्ष तथा पदाधिकारीहरुले भिन्तुना र्‍यालीलाई भब्य बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : ०० बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र