१ पुस २०८२, मंगलबार | December 16, 2025

संसदलाई जीवन्त बनाउन प्रयास भैरहेको छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताए । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै सापकोटाले अव जनताको अपेक्षा अनुसार काम गर्ने अपेक्षा व्यक्त गरे ।

गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको बताउँदै उनले उतारचढाव र महान बहसपछि संसदले पुनः गति लिएको बताए । उनल भने, ‘त्यो बसहको बीचबाट फेरी नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् । यसले सही निष्कर्षतिर नै पु-याउँछ । हाम्रो बहस जारी छ ।’

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गरे । ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पुरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन की भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट उठको छ । त्यसलाई म उच्च सम्मान गर्छु’, उनले भने, ‘तरपनि राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला ठूला समस्याहरुको समाधान गरेको छ ।’

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पारे । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज