१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

ओलीलाई विश्वासको मत दिने प्रश्नै छैन : रिजाल; ओलीलाई समर्थन गरेका छैनौं : ठाकुर



काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित नागरिक आन्दोलनमा बोल्दै नेता रिजालले ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् ।

रिजालले प्रधानमन्त्री पदमा ओली पुगेदेखि नै उनलाई कांग्रेसको समथर्न नभएको भन्दै संसदमा उनलाई विश्वासको मत नदिने बताए । उनले भने, ‘म मेरो पार्टीको गर्धनसम्म मात्र हो। टाउको गर्धन अनुसार चलोस् भन्ने प्रयास भइरहेको छ।’

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ओलीलाई समथर्न नगरेको बताए । अध्यक्ष ठाकुरले आफुहरुको मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने बताए । ठाकुरले बरु कांग्रेस सभापति शेरबहादुर देउवाले नै केपी ओली विरुद्ध अविश्वासको प्रस्तावमा जाँदिन भनेर बोलेको दाबी गरे ।

ठाकुरले अहिलेसम्म सबै सरकारसँग पटकपटक सम्झौता भएको तर धोखा पाएको भन्दै सरकारको नेतृत्व गरेका ओलीसँग आफ्ना मुद्दा सम्बोधनका लागि छलफल भएको मात्रै जिकिर गरे ।

त्यसअघि नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले ओलीलाई समर्थन गर्नुपर्ने के बाध्यता आइलाग्यो भन्दै ठाकुरलाई प्रश्न गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ४ : ३० बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि