२६ असार २०८३, शुक्रबार | July 10, 2026

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन



काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

आज बिहान करिब १०:२५ बजे उडेको नाइनएन–एएनओ नम्बरको उक्त हेलिकोप्टर उडान सुरु भएको केही समयमै सम्पर्कबाहिर गएको हो।

हेलिकोप्टर लाप्चामा अवतरण गरी पुनः उडेको केही मिनेटपछि सम्पर्क विच्छेद भएको बताइएको छ ।

क्याप्टेन सुरज थापा क्षेत्रीले उडाएको सो हेलिकोप्टरमा चार जना यात्रु रहेको जनाइएको छ।

हालसम्म हेलिकोप्टरको अवस्थाबारे आधिकारिक पुष्टि हुन सकेको छैन। सम्बन्धित निकायहरूले सम्भावित क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गर्ने तयारी गरिरहेका छन्।

दोलखाको लाप्चा आसपास क्षेत्रमा हेलिकोप्टर हराएको आशंका गरिएको छ। तर उक्त क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार टोलीलाई घटनास्थलतर्फ पुग्न कठिनाइ भइरहेको जनाइएको छ।

नेपाली सेनाको टोली दोलखाबाट सम्भावित दुर्घटनास्थलतर्फ पठाइसकिएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ४ : ०१ बजे

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा