१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

उपचारले सजिलै निको हुन्छ क्षयरोग



काठमाडौं । भक्तपुर सूर्यविनायकमा बस्ने ओखलढुङ्गाका निर्मल गौतम (नाम परिवर्तन)लाई केही महिनाअघि क्षयरोग लाग्यो । उनी मात्र होइन, उनकी पत्नी गोमादेवी (नाम परिवर्तन) पनि क्षयरोगी भइन् । सुरुमा उनलाई खोकी लागेको थियो ।

खोकी लामो समयसम्म निको नभएपछि छोरा-बुहारीलाई भनेर काठमाडाैं आए। काठमाडाैं आएपछि मात्र थाहा भयो कि उनलाई क्षयरोग लागिसकेको रहेछ ।

अहिले उनी क्षयरोगको औषधि सेवन गरिरहेका छन् । निर्मल र उनकी पत्नी गोमादेवीलाई क्षयरोग भएको कुरा उनका परिवारमा भन्दा अन्य कसैलाई पनि थाहा छैन । उनले मलाई क्षयरोग लाग्यो भनेर परिवारका सदस्यबाहेक अरूलाई भन्न सकेका छैनन् ।

क्षयरोग लागेको भनेर गाउँ कसरी जानु, फेरि गाउँका मानिसले क्षयरोग लिएर आयो भन्ने सोच्लान् । त्यसैले उनी अहिले क्षयरोगलाई कसरी निको गर्ने भनेर स्वास्थ्यकर्मीको सल्लाहमा निरन्तर औषधि सेवन गरिरहेका छन् तर क्षयरोग निको भए पनि मलाई क्षयरोग थियो भनेर भन्न सक्दैनन् । उनी त प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा धेरै क्षयरोगी लुकेर बस्न बाध्य छन् ।

नेपालमा वार्षिक तीन हजार मिर्गौला रोगी अनुमानित रूपमा थपिने गरेका छन् । मिर्गौला रोगी थपिन्छन् भन्ने एउटा अनुमान मात्र हो तर कसलाई मिर्गौला रोग लाग्यो, समाजलाई प्रस्ट थाहा हुन्छ । कसलाई क्यान्सर या मुटुरोग लाग्यो समाजलाई थाहा हुन्छ तर सरकारी आँकडाअनुसार वार्षिक हजारौँ नयाँ क्षयरोगी भेटिने गर्छन् ।

यति धेरै सङ्ख्यामा क्षयरोगी थपिँदा समेत क्षयरोगी चिन्न गाह्रो हुन्छ । समाजको डरले उसले रोग लुकाएर राखेको हुन्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनले अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण पुरानै रहेको बताए ।

समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको जानकारी दिँदै रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनी बताउँछन् । नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका निर्देशक डा. भट्टचनले हाल देशमा नयाँ तथा पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगी रहेको अनुमान गरिएको बताए । करिब ४१ हजार क्षयरोगी पत्ता लाग्न नसकेको जानकारी उनले दिए । क्षयरोग सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ ।

अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्स्पर्ट केन्द्र एवं दुईवटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोग निदान सेवा प्रदान गरिँदै आइरहेको उनले बताए । यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डीआर होस्टल, एकवटा डीआर होम छन् । गत वर्षको तथ्याङ्कअनुसार औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामी अर्थात् करिब १७ प्रतिशत मात्रै उपचारको दायरामा आएका थिए ।

निर्देशक भट्टचनका अनुसार सरकारले दिगो विकास लक्ष्यलाई पछ्याउँदै सन् २०३० मा क्षयरोगमुक्त देश बनाउने योजना भने जारी नै राखेको जानकारी गराए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूटीओ)का अनुसार नेपालमा वार्षिक करिब दुई हजार दुई सय जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी डढेलो लागेको थियो ।

नासाको भूउपग्रहबाट लिइएको तस्बिरले नेपालमा शनिबार बिहानको समयको एकघण्टामा २०४ स्थानको आगो उच्च रहेको देखाएको थियो । यो क्रम दिउँसोबाट बेलुका हुँदै गर्दा ढडेलो केही कम हुँदै जान्छ तर रात परेपछि फेरि बढ्दै गएको देखिन्छ । मुख्यगरी पश्चिम तराई, मध्य तराई र पहाडी भेगका जिल्लामा डढेलोको असर बढी छ ।

नेपालमा डढेलो जानी जानी तथा विविध लापरबाहीका कारण हुने गरेको छ । विज्ञ शर्माका अनुसार स्थानीयले बोट बिरुवामा नयाँ पालुवा ल्याउन, चोरी सिकारी निम्त्याउन र डढेलोपछि हुने वर्षाले बगाएर त्यो खरानी खेतबारीमा आउँछ भन्ने सोचले जानी जानी डढेलो लगाउने गर्छन् । कुल डढेलोमध्ये ६४ प्रतिशत डढेलो जानी जानी लगाइन्छ । बाँकी ३२ प्रतिशत घरेलु लापरबाहीका कारण र दुर्घटनावश डढेलो लाग्ने गरेको छ ।

डढेलोलाई विपत्का रूपमा नलिएर एक सामान्य घटनाका रूपमा मात्र हेरिने गरिएका कारण यसबाट हुने अतुलनीय क्षतिको मूल्याङ्कन हालसम्म हुन सकेको छैन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भएपछि भने आगलागीलाई पनि विपत्को श्रेणीमा राखेर यसको नियन्त्रण र क्षति कम गर्ने उपाय अपनाउने अभ्यास सुरु भएको छ ।

वैशाखयता सबैभन्दा बढी दुई हजार १३६ आगलागीका घटना भएका छन् । जसमा परेर ८२ जना मानिसको ज्यान गएको छ । यस वर्ष आगलागीमा परेर ज्यान जानेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । विगतमा डढेलोमा परेर वार्षिक करिब नौ जनाको ज्यान जाने गरेको थियो ।

डढेलो र आगलागीका कारण एक अर्ब ६६ करोड रुपियाँ बढीको आर्थिक क्षति भएको जनाइएको छ । यो मानवसँग जोडिएको क्षतिको मात्र आकलन हो । वन पैदावर, वन्यजन्तुको क्षतिको आकलन यसमा समावेश छैन् ।

यो सबैको मूल्याङ्कन गर्ने हो भने एक अर्ब मात्र हैन अर्बौंको क्षतिको आँकडा आउन सक्छ । तर यसको नियन्त्रणका लागि लाखको लगानी पनि नहुनु दुर्भाग्यपूर्ण रहेको विज्ञ शर्मा बताउँछन् । अब भने वन तथा वातावरण मन्त्रालय र प्राधिकरण मिलेर संयुक्त रूपमा रणनीतिक कार्ययोजना बनाउने तयारी गरिएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ६ : ४० बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा