७ चैत्र २०८२, शनिबार | March 21, 2026

आजदेखि मेलम्चीको पानी काठमाडौंबासीको घर–घरमा



काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर-घरमा वितरण गर्न लागिएको छ ।

सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट मेलम्चीको खानेपानीे वितरण गर्न लागेको हो ।

पटकपटक समय सीमा सारिंदै आएको र उपत्यकावासीको सपना जस्तै बनेको मेलम्चीको खानेपानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण सुरु गर्न लागिएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज करीब ४ करोड लिटर पानी वितरण गर्ने तयारी गरिएको छ । काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक करीब ४ करोड लिटर पानी आउने भन्दै श्रेष्ठले २ दिनपछि अर्थात् मंगलवारबाट साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीवारबाट भने दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने बताए ।

काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार छन् । एउटा प्लान्टको परीक्षण हुन बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी मात्र ल्याउन लागिएको हो ।

आजबाट वितरण गरिने पाइपलाइनमा एकैपटक लोड पर्दा हुने सम्भावित समस्यालाई मध्यनजर गर्दै थोरै थोरै पानी ल्याएर हप्ताभित्र पूरा साढे ८ करोड लिटर पानी वितरण गर्न लागिएको श्रेष्ठको भनाइ छ । त्यसपछि यी चार स्थानबाहेक अन्य स्थानमा पनि पानी वितरणको प्रक्रिया अघि बढाउने तयारी छ ।

काठमाडौंको कीर्तिपुर र भक्तपुरको पानीट्यांकीको काम केही बाँकी रहेकाले दोस्रो चरणमा मात्रै यी स्थानमा पानी वितरण गरिनेछ । श्रेष्ठका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हाल वितरण गर्दै आएको प्रणाली र आयोजनाले नयाँ थपेको पाइपलाइनमार्फत पानीको वितरण हुनेछ ।

‘अहिले परीक्षणकै क्रममा रहेकाले अबको २ हप्तासम्म दैनिक एकैपटक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउँदैन,’ श्रेष्ठले भने, ‘परीक्षण सफल भएपछि दुवै प्लान्ट सञ्चालन गरी दैनिक उक्त परिमाणमा पानी आउनेछ ।’ त्यसैगरी आयोजनाले पहिलो चरणमा १ लाख १० हजार घरधुरीमा नयाँ वितरण प्रणाली जोड्ने तयारी गरे पनि ८२ हजार घरधुरीभित्रको कम्पाउन्डभित्र मात्रै पाइपलाइन पुगेको छ ।

आयोजनाले बनाएको नयाँ पाइपलाइनसँग जोडिने घरधुरी चक्रपथभित्रका मात्रै हुन् । चक्रपथभित्र पनि बालुवाटार, विशालनगर क्षेत्र, धोबीखोलाबाट पश्चिमको क्षेत्र, बालाजु बसपार्क क्षेत्र, छाउनी, बाफल क्षेत्रमा पनि नयाँ प्रणाली जडान भएको छैन । आयोजनाले केही समयपछि काठमाडौंको भृकुटीमण्डपबाट वितरण लाइनको उद्घाटन राष्ट्रपतिमार्फत गराउने तयारी गरेको छ ।

अहिले काठमाडौंमा मेलम्चीको पानी केयूकेएलको पुरानै पाइपलाइनबाट वितरण हुने भए पनि आयोजनाले अधिक समस्या देखिएका स्थानमा १ हजार किलोमीटरभन्दा बढी नयाँ पाइपलाइन बिच्छ्याएको छ । साढे २ तलाको घरको ट्यांकीमा पनि पानी स्वतः चढ्नेछ ।

मेलम्चीको पानी ल्याउन सरकारले २०६६ सालबाट मात्रै सुरुङमार्ग बनाउन शुरू गरेको थियो । त्यसको ११ वर्षमा अर्थात् गत असारमा २६ किलोमीटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भई पानी परीक्षणसमेत गरिएको थियो । तर, असार २१ गते सुरुङमार्गमा पानी परीक्षणका लागि पथान्तरण गरिएको र त्यसको ९ दिनमै मुख्य मुहान रहेको अम्बाथानको १७ नम्बर गेटको नटबोल्ट फुस्किएपछि मानवीय क्षतिसमेत भएको थियो । त्यसपछि उक्त क्षतिग्रस्त गेट बनाउने भन्दै सुरुङमार्गमा भएका गेटहरूको काम पुनः शुरू गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ७ : १० बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ