काठमाडौं । देशका पहाडी भू-भागका केही स्थानमा आज दिउँसो मेघगर्जन र चट्टयाङ्गसहित हल्का बर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया