काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।
मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
यस्तै, कोसी प्रदेशको तराईका केही, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपासमा रहेको विभागले जनाएको छ ।















प्रतिक्रिया