७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने, इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य



काठमाडौं । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले सम्झौता भएको हो । आज एक एक कार्यक्रकाबीच इन्फोडेभलपर्स र इसेवाका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको भन्दैै यसलाई डिजिटल बनाउन सहकारी र माईक्रोफाइनान्स्को भूमिका ठुलो रहेको बताए । ‘यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ ’। उनले भने ।

यस्तै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले इसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्स्लाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सहज हुनुका साथै सहकारी र माइक्रोफाइनान्स्को निक्षेप पनि बढ्ने आशा ब्यक्त गरे । ‘यसले समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउनेछ ’ । उनले भने ।

सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रो फाइनान्स् डिजिटल भुक्तानीमा जोडिनेछन् । उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन् । जसबाट सहकारी तथा माइक्रो फाइनान्स्का सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स् भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्स्फर, बैंकमा रकम ट्रान्स्फर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन् । यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्स्का सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन् ।

कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्स्का संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा इसेवाका प्रमु्ख रणनीतिक अधिकृत रोशन लामिछाने, इसेवा मनि ट्रान्स्फरका प्रमुख बिजनेस अधिकृत सागर खनाल र इन्फो डेभलपर्सका डेपुटी सिटिओ स्मरण दुवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।

इन्फो डेभलपर्स सूचना प्रविधिको क्षेत्रमा क्रियाशील अग्रणि संस्था हो । सूचना प्रविधिसँग बिगत १७ वर्षदेखि कम्पनीले सहकारी तथा माइक्रो फाइनान्सुलाई आवश्यक पर्ने विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्दै आइरहेको छ । कम्पनीले मोबाईल बैंकिङ, इन्टरनेट बेंकिङ र ट्याब्लेट बैंकिङ मार्फत अनलाइन र अफलाइन ब्रान्चलेस बैंकिङ सेवा र क्रेडिट युनियन, बैंक र माइक्रो फाइनान्स्का लागि सोलुसन समेत प्रदान गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ५ भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ । इन्फोडेभलपर्स आईएसओ ९००१ ः २०१५ सर्टिफाइड आइसिटी कम्पनी पनि हो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : ३७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल