२० माघ २०८२, मंगलबार | February 4, 2026

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न छुट्टै टोली परिचालित



काठमाडौं । उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि कोरिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो । करिडोरलाई चौबिस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरी परिचालन गरिने भएको छ ।

टोलीको पहिचानको लागि ट्राफिक प्रहरी सीएमटी लेखिएको ज्याकेट लगाएर १५ वटा मोटरसाइकलबाट ३० जनाले नियमित अनुगमन गर्नेछन् ।

मुख्य कोरिडोरहरु विष्णुमती, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गर्न सो टोली परिचालन गरिएको साथै कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए ।

उक्त टोलीले सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहित गर्ने समेत जनाइएको छ । मुख्य सडकको चोक, जक्सनको क्यूमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा इन्धनको समेत वचत हुने अपेक्षा ट्राफिक प्रहरीले गरेको छ ।

महाशाखाले बुधबार आर्थिक प्रलोभनमा नपरी इमानदार भएर काम गरेका भन्दै ३६ जना ट्राफिक प्रहरीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : १४ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको