७ आश्विन २०८३, बुधबार | September 23, 2026

दीपावली सहकारीद्वारा रक्तदान सम्पन्न



बुटवल । बुटवल-११ स्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले सहकारी संस्थाहरू शेयर सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताए ।

उनले रुपन्देहीका सहकारीहरु अब्बल बन्दै गएको जानकारी दिए । नेपालले अब सहकारीहरु बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित हुनुभन्दा उत्पादनमूलक क्षेत्र पनि खोज्नुपर्ने सुझाए ।

सोही अवसरमा सहकारीले प्रकाशन गरेको २०७८ सालको भित्रे पात्रो (क्यालेन्डर) पनि बिमोचन गरिएको थियो । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समय सामाजिक कार्य गर्दै आएको सहकारीका कोषाध्यक्ष लोकराज शर्माले जानकारी दिए ।

शर्माले सहकारीले छोटो समयमै फड्को मारेको बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईले सहकारीबाटै सबै आर्थिक कारोवार गनुपर्ने बताए ।

सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता, सहकारीका सञ्चालक समिति सदस्य कल्पना पाण्डेको स्वागत तथा सञ्चालक समिति सदस्य एवं रक्तदान उपसमिति संयोजक माया बेल्वासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीमा १ हजार ९१ शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ५ : ५३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई