१ पुस २०८२, मंगलबार | December 16, 2025

लोकतन्त्र जोखिममा छ कांग्रेस : वरिष्ठ नेता पौडेल



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै पौडेलले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे ।  पौडेलले थपे, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।”

अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताए। उनले भने, “जोशी एक योग्य र इमान्दार नेता थिए । अब यस्ता नेताको पूर्ति कसरी गर्ने ।” कांग्रेसले एक कुशल नेता गुमाउनु परेकामा दुःख लागेको नेता पौडेलले बताए । नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताउँदै उनले जोशीको समर्पणलाई पूरा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधीश १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्वमन्त्री यज्ञबहादुर थापा, तनहुँ, कांग्रेसका सभापति वैकुण्ठ न्यौपाने, नवलपुरका सभापति विष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङका सभापति रमेश धमला लगायतले बोलेका थिए ।

कार्यक्रमपश्चात् कांग्रेसका वरिष्ठ नेतासहितको उपस्थितिमा स्व जोशीको अस्तु उनले दाजु राजुराज जोशीले देवघाटको वेणी सङ्गममा विसर्जन गरेका छन् । स्व. जोशीको आमाको चाहनाअनुसार अस्तु देवघाटमा विसर्जन गरिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ६ : २१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज