१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट बनेका दुई मन्त्रीद्वारा राजीनामा



पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नो राजीनामा बुझाएकाछन्।

बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले मन्त्रीद्वय चुमान र थापालाई मन्त्रीपदबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

बुधबारबाटै सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चुमानले आफुहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको जानकारी दिएका थिए । सम्बोधनका क्रममा चुमानले केन्द्रमा देखा परेको राजनीतिक अस्थिरताले प्रदेशलाई पनि प्रभावित बनाएको बताएका थिए ।

माओवादी केन्द्रले एमालेका पृथ्वीसुब्बा गुरुङलाई समथर्न गरेसँगै उनीहरु २०७४ फागुन ४ देखि मन्त्री रहँदै आएका थिए । पार्टी एकताको स्प्रिटसहित एउटै चुनावी घोषणापत्र लिएर चुनाव लडेका एमाले र माओवादीबीच मुख्यमन्त्री र सभामुख पद बाँडफाँड गरिएको थियो ।

गण्डकी प्रदेशसभामा ६० सदस्य रहेका छन् । जसमध्ये एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका दुई जना सांसदहरु रहेका छन् ।

माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपनि समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ४६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले