८ कार्तिक २०८३, आइतबार | October 25, 2026

गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटा पदमुक्त



काठमाडौं । फ्लोर क्रस गर्ने गण्डकी प्रदेशसभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका हुन् ।

प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले राजनीतिक दल सम्बन्धि ऐन अनुसार देवकोटा पदमुक्त भएको जानकारी गराएका छन् ।

यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारबाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टीकरण सोधेको माओवादीले शुक्रबार कारबाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

पदमुक्त भएका देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेशसभा सदस्य हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेशसभामा भने नेकपा माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए ।

तर जेठ २८ गते माओवादीको ह्विप उलङ्घन गर्दै कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले उर्जा मन्त्री बनाएका थिए । उनको सांसद पद गएपनि देवकोटा ६ महिनासम्म मन्त्री बन्न भने सक्ने छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ५ : ३६ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले