३० भदौ २०८३, मंगलबार | September 15, 2026

द ब्रिटिस कलेजले सम्पन्न गर्यो ‘जब फेयर–२०२१’



काठमाडौ । ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर – २०२१ सम्पन गरेको छ । शुक्रबार कलेजले थापाथलीस्थित आफ्नै भवनमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरुको सहभागीतामा २०० भन्दा बदी विद्यार्थीहरुले अन्तरक्रिया र अन्तवार्ता दिने अवसर मिलेकोे थियो ।

कलेजको पूर्व विद्यार्थीहरुसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए ।

साथै सोही दिन विद्यार्थीलाई इन्भेष्टरको उपस्थितिमा आफ्नो आइडिया पिच गर्ने मौका पनि कलेजले व्यबस्था गरेको थियो जसमा १० वटा ग्रुपले आफ्नो आइडियाहरु प्रस्तुत गरेका थिए ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति थियो । यती एयरलाइन्स, भास्तल इम्पेक्स (एमआई), योङ्ग इनोभेसन, उज्यालो फाउन्डेसन, ब्रेन डिजिट, निमा एकेडेमी, लिपफ्रग टेक्नोलोजी, सिप्रदी ग्रुप, भोज डिल्स, एडभान्टेज ग्रुप, उपाय कार्गो लगायतका कम्पनीहरुको जब फेयरमा सहभागिता रहेको थियो ।

कलेजका एशोसियट डिन अरुणलाल जोशीका अनुसार जब फेयर कार्यक्रम निकै फलदायी भएको छ । कलेजले हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न भएको उनको भनाई छ । जब फेयरले कलेजका पूर्व विद्यार्थी तथा जब मार्केटको लागि तयार भएका विद्यार्थीहरुलाई सघाउ पुर्याएको जोशीको भनाई छ ।

कार्यक्रमको समापनपछि जोशीले भने, ‘जब फेयरले क्षमतावान् विद्यार्थीलाई बिभिन्न संस्थामा आबद्ध भएर काम गर्ने मौका प्रदान गरेको छ । कलेजले आफ्नै प्रांगणमा बिभिन्न क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई बोलाएर विद्यार्थीहरुलाई अवसरहरु प्रदान गरेको छ ।

टीबीसीले हरेक वर्ष आयोजना गर्दै आएको यस्तो कार्यक्रमले अन्ततः शैक्षिक र औधोगिक क्षेत्रबिच सहकार्य गर्नलाई नै टेवा पुर्याएको मलाई विश्वास छ ।’ त्यस्तै, जोशीले कलेजले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि यस्तै खालका अन्य कार्यक्रमहरुको आयोजना पनि गर्दै आएको कारणले गर्दा विद्यार्थीहरु जब मार्केटमा फिट हुँदै आएको बताए ।

‘टीबीसीले यस्तै धेरै कार्यक्रमहरु गर्दै आएको छ । जसले गर्दा विद्यार्थीहरुले पर्याप्त मात्रामा प्रयोगात्मक ज्ञान पनि पाएका छन् । जब मार्केटको बारेमा थाहा पाएका छन्, संस्कृतिको बारेमा थाहा पाएका छन्, विकास तथा प्रयोगको बारेमा पनि थाहा पाएका छन् । यस्ता गतिबिधिहरुले सैद्धान्तिक शिक्षालाई व्यवहारिक बनाउन र विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि सघाउ पुर्याएको छ,’ उनले थपे । त्यस्तै, कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले जब फेयर कम्पनी तथा विद्यार्थीहरुबीचको दूरीलाई नजिक बनाउनको लागि फलदायी भएको बताए ।

योग्य विद्यार्थीहरुले सहभागी भएका कम्पनीमा आबद्धता हुने मौका समेत पाउने भन्दै उनले विद्यार्थीहरुको लागि यो मौका सुवर्ण भएको बताए । कार्यक्रमको अन्त्यमा सहभागी कम्पनीहरुलाई कलेजले ‘टोकन अफ आप्रिशिएसन’ समेत प्रदान गरेको थियो । कलेजमा नै आएर विद्यार्थीहरुलाई मौका दिएको भन्दै सहभागी कम्पनीहरुप्रति आभार समेत प्रकट गरेको छ । साथै, कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याउने विद्यार्थी, स्वयंसेवक तथा कर्मचारीलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १२ : ४९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ