११ भदौ २०८३, बिहिबार | August 27, 2026

बन्दीपुरमा रहेको ‘मिनी ग्रेटवाल’ पर्यटकको आर्कषण बन्दै



तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो ।

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । उनले भने “अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारको दिन एक हजारदेखि दुई हजारसम्म पर्यटक आउने गरेका छन् ।”

बाह्य पर्यटक खासै देख्न नपाए पनि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएकाले बन्दीपुर पुग्ने जो कोही पर्यटक मिनी ग्रेटवाल पुगेर मात्रै फर्किने गरेको उनले बताए । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु सात करोड विनियोजन भएकाले छिट्टै टेण्डरका लागि प्रक्रिया अघि बढाइने छ ।

नेपाल सरकारको रु चार करोड ५५ लाख नेपाल सरकारको र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । बहुवर्षीय कार्यक्रमअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा रु १९ करोड रहेको छ भने २०७९ फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्ण थापाले जानकारी दिए । टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको हो ।

मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । पदमार्ग निर्माणपछि स्थानीय युवालाई घोडा चलाउने तालीम प्रदान गरिने अध्यक्ष थापा बताए ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । बन्दीपुरमा आउने पर्यटकका लागि मिनी ग्रेटवाल थप आकर्षण स्थलका रुपमा रहेको पर्यटन व्यवसायी बैश गुरुङले बताए ।

कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने उनले बताए । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ ।

पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङ्टाङ, हिमशृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आकर्षण दोहोरो लाइन मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिध्यवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहीद पार्कलगायतका बन्दीपुरको दृश्यावलोकन गर्ने मुख्य स्थान हुन् ।

बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँ जात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुरमा प्याराग्लाइडिङका लागि पनि प्रचुर सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : ४१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि