१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आइपिएल २०२१ : हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा  क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ ।

१ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई १ सय ७७ रनमा रोक्दै १० रनको रोमाञ्चक जित हात पारेको हो । हैदराबादका मनिष पाण्डेले नटआउट ६१, जोनी बेइस्ट्रोले ५५, अब्दुल सामदले १९ तथा मोहम्मद नाबीले १४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कोलकाताका प्रसिध कृष्णले २ तथा साकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रसेलले समान एक-एक विकेट हात पारे । यसअघि, मुथैया अन्नामलाई चिदम्बरम स्टेडियम चेन्नइमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८० रनको योगदान दिए । उनले ५६ बलमा ४ छक्का र ९ चौका प्रहार गरे । यस्तै, राहुल त्रिपाठीले ५३, दिनेश कार्तिकले २२ तथा शुभमन गिलले १५ रन बनाए ।

जितसँगै कोलकाता, दिल्ली र बैंगलोरको समान २ अंक रहेपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । दिल्ली पहिलो र बैंगलोर तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : २९ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको