१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, ५९९ संक्रमित थपिए



काठमाडौं । कोरोना भाइरसको संक्रमण दर पछिल्लो दिनमा बढ्दै जाँदा मृत्युको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाकै अवधीमा ५९९ जना नयाँ संक्रमित थपिएका छन् । यो पनि केही समय यताकै संक्रमित हुनेको ठूलो संख्या हो । ५ हजार १०५ पीसीआर र एन्टिजेन परीक्षण गर्दा संक्रमितको संख्या ५९९ थपिएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ५३ जनाको मृत्यु भएको छ । यसैगरी कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने १३८ मात्र रहेको छ । जसका कारण सोमबार सक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

हालसम्म हालसम्म २ लाख ७४ हजार १ सय ६५ जना संक्रमितहरु निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८५ जना क्‍वारेन्टाइनमा र ३ हजार ३ सय ६ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज