१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर



काठमाडौं । पटक पटक विश्वको बढी प्रदूषित शहरकारुपमा दर्ज हुने नेपालको संघिय राजधानी काठमाडौं फरि एक पटक विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ ।

काठमाडौंको हावा २३३ एक्युआईको आसपास पुगेपछि काठमाडौ विश्को प्रदूषित शहरको सूचिमा परेको हो । सामन्यतया हावाको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार २०० आइक्युएयर माथि पुगेको अवस्थालाई अत्यन्त खराव प्रदूषण मानिन्छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।

शिवपुरी क्षेत्र सहित काठमाडौं आसपासका जंगलहरुमा भएको डढेलो तथा लामो समय सम्मको खडेरीका साथै हावा नचलेका कारण उपत्यकामा धुवाँ र धुलोका कण थुप्रिएको विज्ञहरुले बताएका छन् ।

हावामा प्रदूषणको मात्रा खतराको तह नाघेर २०० माथि पुगेका कारण काठमाडौँ बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको वातावरणविद्ले बताएका छन् ।

उपत्यकाबासीमा बिगत केहि दिनदेखि सास फेर्न समस्या ,आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या देखिएको छ।

काठमाडौँमा तुवाँलो कायमै छ । यसले पनि अझै केही दिन यता काठमाडौँको प्रदूषण हट्ने सम्भावना छैन । मौसमविद सचिना शाक्यका अनुसार अझै केही दिनयता काठमाडौँमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : ३३ बजे

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

आजदेखि संसद् अधिवेशन

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि