३० असार २०८३, मंगलबार | July 14, 2026

गाडी नगुड्दा पनि प्रदूषित शहरको सूचीमा काठमाडौं किन अगाडि?



काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन । तर पनि काठमाडौं विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ । यस्तो किन भएको होला ?

स्थानीय कारणसँगसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य बाली खेतमा डढाउँदा निस्कने उत्सर्जनसहितको प्रदूषित हाबाको वहाब राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ । यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन ।

निषेधाज्ञापछि राजधानीमा वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारणबारे प्रदूषणको कारक मानिएका सूक्ष्म कणको बनावट अध्ययन गरेर त्यसको उत्पत्ति कसरी र कहाँ भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुलाउन सकिने विज्ञ तथा सरकारी अधिकारीहरू बताउँछन । ‘अहिले पनि वायु प्रदूषण उच्च रहनुले यसमा स्थानीय भन्दा बाह्य कारण बढी जिम्मेवार रहेको प्रस्ट भएको छ,’ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन ।

वायु प्रदूषणको स्रोतसम्बन्धी विषयमा दक्षिण कोरियाबाट विद्यावारिधि गरेकी पाटन बहुमुखी क्याम्पस वातावरण विभागकी प्रमुख डा. शीला मास्के वैद्य अहिलेसम्म गाडी र कलकारखानबाट निस्कने उत्सर्जनमा मात्रै ध्यान केन्द्रित भएको बताउँदै थप्छिन्, ‘सही उत्तरका लागि वायु प्रदूषणका कणको बनावटको लगातार अध्ययन हुनुपर्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ७ : ५२ बजे

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न