४ पुस २०८२, शुक्रबार | December 20, 2025

महामारी र प्राकृतिक विपत्तिका बाबजुद राष्ट्रिय विकास लक्ष्य हासिल हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ती र कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् ।

काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने दाबी गरे । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे ।

ज्ञवालीले नेपालमा विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौति पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि बताए । नेपालको विकासमा अध्ययन अनुशन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अड्चन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने धारणा राखे ।

नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ ।

विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिवी निवारण, प्राकृतिक विपत्ती न्यूनिकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको