१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकाहरुलाई बैशाख ७ गतेदेखि दोस्रो डोज खोप लगाईदै



काठमाडौं । पहिलो चरणमा खोप लगाएका व्यक्तिहरुलाई सरकारले आगामी बैशाख ७ गतेदेखि दोस्रो डोज खोप लगाउने भएको छ ।

बैशाख ७ गतेदेखि ११ गतेसम्म लक्षित समुहलाई खोप लगाइने स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको छ । गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप लगाएका व्यक्तिहरुले यस चरणमा खोप लगाउन पाउनेछन् ।

स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था लगायतका व्यक्तिहरुलाई ५ दिनको बीचमा खोप लगाइने कार्यक्रम सार्वजनिक गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १९ वटा अस्पतालबाट यो खोप दिइनेछ । भारतबाट अनुदान र खरिद गरेर ल्याइएको कोभिसिल्ड खोप लगाइनेछ । यसैगरी दोदस्रो चरणमा ६५ वर्षदेखि माथिका व्यक्तिहरुलाई दोस्रो डोज दिइनेछ ।
सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई कोभिसिल्ड खोप लगाइदिएको थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : १२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले