७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा पहिलो काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टर सञ्चालन



बुटवल । बुटवलमा पहिलो काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टर (सिएमसी) सञ्चालनमा आएको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा मुख्य कार्यालय रहेको सेन्टरको बुटवलमा बुधबारबाट शाखा सेन्टरको रुपमा सञ्चालनमा आएको छ । नँयावर्षको अवसरमा पुर्व क्रिकेट खेलाडी शक्ति गौचनले सिएमसीको उद्घाटन गरेका हुन ।

कार्यक्रमको प्रमुख अथिति समेत रहेका उनले थेरापी सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका विरामीले लाभ लिन सक्ने बताए । म्यानुअल थेरापी विधिबाट औषधीको प्रयोग बिना बिरामीको उपचार हुने भएकाले हाड जोर्नी तथा नशासम्बन्धी बिरामीले बुटवलमै उपचार गर्न पाउने गौचनले बताए ।

सिएमसी प्रालीका अध्यक्ष तथा न्यूरो फिजियोथेरापिस्ट डा। तेन्जिङ्ग नोर्वु लामाले पक्षघात, नशा च्यापिएको, अन्य कुनै पनि हाड जोर्नी सम्बन्धि समस्याका बिरामीलाई लक्षित गरि यस सेन्टर सञ्चालन गरेको बताए ।

उनले काइरोप्राक्टिक म्यानुअल थेरापी विधिबाट उपचार गरिने बताए । यस पद्धतिबाट उपचार गर्दा औषधी र अप्रेशनको प्रयोग नहुने जानकारी दिए ।

दुर्घटनाबाट घाईते भएर अपाङ्गता भएका व्यक्तिहरुको पनि सरल तरिकाले सेन्टरमा उपचार हुने उनले बताए । सेन्टरमा दैनिक ७० जना बिरामीको उपचार गर्न सकिने काइरोप्राक्टिक एण्ड म्यानूअल सेन्टरका म्यानेजिङ्ग डाईरेक्टर नविन खरेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सेवाग्राहीले बुटवलमा आएर सजिलै सेन्टरबाट लाभ लिन सक्ने उनले बताए । काइरोप्राक्टिक एण्ड म्यानूअल पद्धतिबाट उपचार गर्ने उपत्यका बाहिर पहिलो रहेको खरेलले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : १७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई