३ मंसिर २०८२, बुधबार | November 19, 2025

बुटवलमा पहिलो काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टर सञ्चालन



बुटवल । बुटवलमा पहिलो काइरोप्राक्टिक एण्ड म्यानुअल थेरापी सेन्टर (सिएमसी) सञ्चालनमा आएको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा मुख्य कार्यालय रहेको सेन्टरको बुटवलमा बुधबारबाट शाखा सेन्टरको रुपमा सञ्चालनमा आएको छ । नँयावर्षको अवसरमा पुर्व क्रिकेट खेलाडी शक्ति गौचनले सिएमसीको उद्घाटन गरेका हुन ।

कार्यक्रमको प्रमुख अथिति समेत रहेका उनले थेरापी सेन्टर सञ्चालनमा आएपछि यस क्षेत्रका विरामीले लाभ लिन सक्ने बताए । म्यानुअल थेरापी विधिबाट औषधीको प्रयोग बिना बिरामीको उपचार हुने भएकाले हाड जोर्नी तथा नशासम्बन्धी बिरामीले बुटवलमै उपचार गर्न पाउने गौचनले बताए ।

सिएमसी प्रालीका अध्यक्ष तथा न्यूरो फिजियोथेरापिस्ट डा। तेन्जिङ्ग नोर्वु लामाले पक्षघात, नशा च्यापिएको, अन्य कुनै पनि हाड जोर्नी सम्बन्धि समस्याका बिरामीलाई लक्षित गरि यस सेन्टर सञ्चालन गरेको बताए ।

उनले काइरोप्राक्टिक म्यानुअल थेरापी विधिबाट उपचार गरिने बताए । यस पद्धतिबाट उपचार गर्दा औषधी र अप्रेशनको प्रयोग नहुने जानकारी दिए ।

दुर्घटनाबाट घाईते भएर अपाङ्गता भएका व्यक्तिहरुको पनि सरल तरिकाले सेन्टरमा उपचार हुने उनले बताए । सेन्टरमा दैनिक ७० जना बिरामीको उपचार गर्न सकिने काइरोप्राक्टिक एण्ड म्यानूअल सेन्टरका म्यानेजिङ्ग डाईरेक्टर नविन खरेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सेवाग्राहीले बुटवलमा आएर सजिलै सेन्टरबाट लाभ लिन सक्ने उनले बताए । काइरोप्राक्टिक एण्ड म्यानूअल पद्धतिबाट उपचार गर्ने उपत्यका बाहिर पहिलो रहेको खरेलले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : १७ बजे

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्र्फु लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय