७ चैत्र २०८२, शनिबार | March 21, 2026

भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चरा फेला



तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् ।

वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् । त्यसक्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए ।

पहिचान भएका चराहरुको फोटोसहित रेकर्ड राखिएको छ । गत वर्ष हिउँदको समयमा यसै क्षेत्रमा १४१ प्रजातिका चराहरु रेकर्ड गरिएको थियो । “गर्मी समयमा पाइने विभिन्न चराहरुको अवलोकन गरी तिनको तथ्याङ्क राखेका छौँ”, महर्जनले भने ।

चरा अवलोकन कार्यलाई चराविज्ञ टेकबहादुर घर्ती र रेञ्जर लव गुरागाईँले सहजीकरण गरेका थिए । चरा अवलोकन कार्यमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेललगायतको सहभागिता थियो ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ ।

भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । रासस

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ८ : ५६ बजे

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा