७ चैत्र २०८२, शनिबार | March 21, 2026

रसुवामा टिप्पर दुर्घटना २ जनाको मृत्यु, वडाध्यक्ष बेपत्ता



रसुवा । रसुवाको कालिका गाउँपालिका-२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

दुर्घटनामा परि कालिका गाउँपालिका-१ राम्चेका २५ वर्षीय सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको छ ।

राति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो । सागर सवारी चालक हुन भने उनका दाजु ग्राङ प्राविका प्रधानाध्यापक हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार टिप्परमा कालिका गाउँपालिका-१ का वडाध्यक्ष मालफूर्पा तामाङ सहित तीन जना रहेका थिए ।

दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको छ । वडाध्यक्ष तामाङको मोबाइल गाडीमा भेटिएपनि उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : १७ बजे

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा