३२ असार २०८३, बिहिबार | July 17, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।

आजदेखि सुरु हुने प्रदेश सभाको अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । सत्ता सहयात्री नेकपा एमालेको ओली पक्षले गत चैत्र ३ गते सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो । त्यसको केही दिनपछि एमालेकै नेपाल पक्ष निकट मन्त्रीहरुले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न नेपाली कांग्रेस लगायतका दलहरुसँग छलफल जारी राखेका छन् । कांग्रेसले समर्थन गरेपनि शाहीलाई अपुग हुने मत प्राप्त गर्न राप्रपाको १ र एमालेकै मत आवश्यक पर्छ

बिहीबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन । कर्णालीको विकास र समृद्धिका लागि तीन वर्षदेखि लागि परेको सरकार हटाउन केही व्यक्तिको निहित स्वार्थले काम गरेको भन्दै नेपालीले सरकारको पक्षमा मत मागेकी थिइन ।

कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्। त्यसमध्ये एमालेबाट सभामुख बनेका एक जना र माओवादी केन्द्रबाट हालै दल त्याग गरेका एक जनाले भोट हाल्न पाउँदैनन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : ४५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना