३२ असार २०८३, बिहिबार | July 16, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्दै



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध मतदान गर्न एमालेले ह्वीप जारी गर्नेभएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै लिन लागेको विश्वासको मत विरुद्ध मतदान गर्न ह्वीप लगाउने उद्देश्यले एमाले संसदीय दलको बैठक केहीबेरमा बस्न लागेको छ ।

एमालेले मुख्यमन्त्रीले लिन विश्वासको मत असफल बनाएपछि आफ्नै नेतृत्वमा सरकार बनाउन तत्कालै पहल गर्ने भएको छ । शाहीले विश्वासको मत लिने प्रयास असफल भएपछि बैठकले संसदीय दलका नेता यामलाल कँडेललाई नयाँ मुख्यमन्त्रीको रुपमा एमालेले अघि सार्ने भएकोछ । प्रदेशसभामा एमालेका सभामुखसहित २० सांसद रहेका छन् ।

आजै दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदैछन् । शाहीले आफुलाई सहयोग गर्न नेपाली कांग्रेस र राप्रपासहित केही एमाले सांसदहरुसँग पनि पहल गरेका थिए । तर, कांग्रेसले अहिलेसम्म निर्णय लिएको छैन भने राप्रपा तटस्थ बस्ने भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न एमाले सांसदले फ्लोर क्रस गरेभनेमात्रै सम्भव देखिन्छ । त्यसका लागि एमालेका सांसदहरुले दल त्याग गर्ने निश्चिततासहित फ्लोर क्रस गर्नुपर्ने हुन्छ । लाभको पदमा बसिरहेका सांसदहरुले आफ्नो पार्टीको निर्देशन विपरित ह्वीप उल्लंघन गर्ने सम्भावना भने अत्यन्तै न्यून रहेको छ ।

प्रदेश संसदीय दलमा एमालेभित्र पनि एकता भने छैन । केपी ओली पक्ष र माधव नेपाल पक्षका सांसदहरुबीच कित्ताकाट छ । ओलीको पक्षमा ९ जना सांसदमात्रै रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ५८ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना