३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचण्डको गम्भीर आरोप : ओली राष्ट्रहित विपरितका गतिविधिमा संलग्न छन्



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशलाई बन्धकी राख्ने तथा राष्ट्रिय हित विपरितका गतिविधि गर्ने काम भैरहेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरु आएको भन्दै प्रचण्डले सो खबरले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको बताए ।

नेपालीहरुलाई राष्ट्रहित विरोधी षडयन्त्र स्वीकार नभएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । उनले भने, ‘देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरित गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ । तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, बलिष्ठ नेपाली जनतालाई यि सबै षड्यन्त्र स्वीकार्य छैन ।’

अध्यक्ष प्रचण्डले केही मानिसहरुले संघीयतालाई खारेज गर्ने र स्थानीय तहलाई दिएको अधिकार खोस्ने सपना देखेको पनि बताए । तर परिवर्तनलाई उल्ट्याउने कुरा नेपाली जनतालाई मान्य नहुने उनले स्पष्ट पारे । प्रचण्डले भने, ‘अहिले पनि केही मानिसहरुले त्यस्तो सपना देख्छन् । संघीयतालाई खारेज गर्ने, स्थानीय तहमा गएको अधिकारलाई खोसेर फेरी केन्द्रका केही सीमित व्यक्तिहरुको हातमा केन्द्रित गर्ने, समावेशिता र समानुपातिकतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको छ । केही मुट्ठीभर मान्छेहरुले षड्यन्त्रपूर्ण तरिकाले उपलब्धी उल्ट्याउन खोज्ने कुरा नेपाली जनतालाई मान्य छैन ।’

अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको लागि खेल क्षेत्रको भूमिका र महत्व बढ्दै गएको पनि बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १२ : ५९ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको